सडकको अवस्था जीर्ण रहेकोले गाउँलेहरूलाई असुविधा

सुकेपोखरी: नागरी धजे समष्टीमा रहेको मगरजोङ चियाबारी नीज गाँउ अन्तर्गत याक्से गाँउको बाटो चार बर्ष अघि नै गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ महकुमा समितिको निर्देशमा सिद्धि विनायक कन्स्ट्रक्सनद्वारा खनन् कार्य भएको थियो। तथापि उक्त बाटोले आजसम्म सुव्यवस्थित हुने अवसर प्राप्त गरेको छैन् । बाटोको यस प्रकारको जीर्ण अवस्थाको कारण बिरामी, गर्भवती महिला तथा पाको उमेरका नागरिकहरूलाई उपचारको निम्ति लैजान परे ठूलै जोखिम उठाउन पर्ने स्थिति रहेको गाउँलेहरूले गुनासो पोखेका छन्। यसको साथै जीटीए चेयरम्यान अनित थापा अनि विभागीय अधिकारीहरू प्रति बाटो बनाइदिने तिनीहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *