सड़कको बीचैमा बिजुलीको खाँबो खतरनाक स्थितिमा, गाउँमा बिजुली परिसेवा ठप्प

राजगञ्ज : फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने गठमाबारी गाउँमा सड़क बीचमै बिजुलीको खाँबो खतरनाक स्थितिमा रहेकोले स्थानीय मानिसहरू दुर्घटना हुनसक्ने आशंकामा दिन बिताइरहेका छन्। स्थानीय मानिसहरूले बताएअनुसार गत साँझ अधिक पानी परेको समय एउटा वाहनले धक्का दिँदा बिजुलीको खाँबो सडकको बीचमा लडेपछि सम्पूर्ण गाउँको बिजुली परिसेवा ठप्प बन्न पुगेको छ। घटनाबारे बिजुली विभागलाई गाउँलेहरूले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *