सडकको मरमति सँगसँगै सर-सफाई

बिजनबारी : स्थानीय मानिसहरूको असुविधालाई ध्यानाकर्षण गर्दै गोजमुमो विनय खेमा पुल बिजनबारी गोक समष्टि सभापति एसएम राईको मुख्य सहयोगमा समष्टि अन्तर्गत पर्ने 23/57 बुथको एलएम डाँडादेखि भलायो डाँडा हुँदै गाउँलाई जोड्ने लगभग एक किलोमीटर बाटोको मरमतिसँगै सर-सफाई गरियो। मुख्य रूपमा वर्षाको पानीले यातायातमा असुविधा हुने गरेकोले यसको मरमति गरेपछि हिउँदमा उक्त सडक भएर वाहनहरू सहज रूपमा गुडाउन सक्नेछ। उक्त सडकको मरमति गर्नमा पहल गरिदिएकोमा स्थानीय मानिसहरूद्वारा समष्टि सभापतिलाई आभार प्रकट गरियो। स्मरण रहोस्, गोजमुमो विनय खेमा सभापति एसएम राईले समष्टिको विभिन्न स्थानहरूमा आफ्नो नीजि कोषबाट जेसीबी प्रदान गर्दै बाटो खनाउने कार्य गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *