सड़कको निर्माण कार्यको उद्घाटन

कालियाचौक: उत्तर दिनाजपुर जिल्लाको कालियागञ्ज ब्लकको रसीदपुरदेखि सिंगतोरसम्मको सड़क निर्माण कार्य शुरू भएको छ। आज यस कार्यको विधिवत् रूपमा जिल्ला परिषदका सदस्य दधीमोहन देव शर्माले उद्घाटन गरे। धेरै समय अघिदेखि उक्त सड़कको अवस्था शुबै खराब रहेको स्थानीय मानिसहरूको भनाई रहेको छ। प्राप्त जानकारी अनुसार जिल्ला परिषद कोषबाट साढ़े 17 लाख रूपियाँको लागतमा उक्त सड़कको निर्माण गरिने भएको छ। अर्कोतिर, सड़क निर्माण कार्य शुरू हुने भएकोले स्थानीय मानिसहरू खुशी देखिन्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *