सडकको समस्याबारे सभा गरिने

बिजनबारी: बिजनबारीको रेलिङ तथा मझुवा ग्राम पञ्चायतको विभिन्न गाउँहरुलाई बिजनबारी बजारसँग जोड्ने मार्गको आवस्था जीर्ण बन्न पुगेको छ भने बिजनबारी बजार नजिक रेलिङ साघु छेउमा आएको पैह्रोले मानिसहरूलाई धेरै असुविधा पुऱ्याएको छ। यसै कुरालाई ध्यानमा राखेर सडक निरीक्षण समितिको मुख्य आयोजनामा बिजनबारी भेगका विभिन्न चालक संगठनका प्रतिनिधिगण लगायत रेलिङ तथा मझुवा ग्राम पञ्चायत सचिव एवम् रेलिङ क्षेत्रभरिका विभिन्न संघ संस्थाहरुको उपस्थितिमा एउटा सभा बिजनबारी स्ट्यान्डमा गरिने भएको छ। संगठनका प्रतिनिधिहरुले यसबारे सबैलाई उपस्थित भइदिने अपील गरेका छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *