सडकमा धान रोप्दै अवरोध गरेर स्थानीयहरूले गरे विक्षोभ प्रदर्शन

सिलगढी : सडकको मरमति गर्ने माग गर्दै बेहाल अवस्थामा रहेको सडकमा धान रोप्नको साथै राष्ट्रिय राजमार्ग अवरोध गरेर इलाकावासीहरूले विक्षोभ प्रदर्शन गरे। उत्तरबंग मेडिकल कलेज संलग्न कावाखालीदेखि दुर्गा मन्दिरसम्मको साढे तीन किलोमिटरको सडक धेरै दिन अघिदेखि बेहाल अवस्थामा रहेको छ। स्थानीय मानिसहरूले बताएअनुसार 2019 मा उक्त सडकको मरमतिको कार्य शुरू गरे तापनि पछि कार्य बन्द गरिएको थियो।


यसबारे सम्बन्धित विभागलाई जानकारी गराए तापनि कुनै पहल नगरेपछि अन्ततः बाध्य भएर स्थानीय मानिसहरूले आज जर्जर अवस्थामा रहेको उक्त सडकमा धान रोप्नको साथै एसियन हाइवे अवरोध गरेर विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर उचित आश्वासन दिएपछि उक्त पथ अवरोध हटाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *