सडकमा रहेका पशुहरूलाई दुर्घटना हुनबाट बचाउन संस्थाको पहल

सिलगढी : सडकमा घुमिहिँड्ने पशुहरूलाई सडक दुर्घटनाबाट बचाउने स्वयम् सेवी संस्था स्माइल वेलफेयर एसोसिएसनले पहल गरेको छ। उक्त संस्थाका सदस्यहरूले आज नक्सलबारी नजिक राष्ट्रिय सडकमा रहेका पशुहरूलाई रेडियम बेल्ट लगाइदिए। उक्त पहलद्वारा सडकमा घुमिहिँड्ने पशुहरूलाई दुर्घटना हुनबाट जोगाउन सकिने संस्थाका सदस्यहरूको भनाइ रहेको छ। तिनीहरूको उक्त कार्यमा संस्था नक्सलबारी र हात्तीघिसाका सदस्य लगायत स्थानीय युवकहरूले सहयोग पुर्‍याए। आगामी दिनमा पनि संस्थाको तर्फबाट उक्त पहल गरिने बताइएको छ। स्मरण रहोस्, गत हप्ता उक्त संस्थाको तर्फबाट बाघडुग्रा लगायत यसको वरिपरिका सडकमा रहेका गोरू, भैँसी, कुकुरहरूलाई रेडियम बेल्ट लगाइदियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *