सडक मरमति गरिदिने माग गर्दै गाउँलेहरूद्वारा पथ अवरोध

सिलगढी : सडक मरमति गरिदिने माग गर्दै स्थानीय मानिसहरूले आज सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। आज छोटा फापरीको मुख्य सडक मरमति गरिदिने माग गर्दै स्थानीय मानिसहरूले वानेश्वर मोड एवम् दुध मोड नजिक बाँसले छेकेर सडक अवरोध गर्दै विक्षोभ प्रदर्शन गरे। स्थानीय मानिसहरूले बताएअनुसार धेरै समय अघिदेखि उक्त सडक बेहाल अवस्थामा रहेकोले यहाँ प्रायःजसो दुर्घटना हुने गर्दछ। उक्त सडक भएर आवतजावत गर्ने मानिसहरू लगायत विद्यार्थीहरू दुर्घटनाको सिकार हुने गर्दछ। यसभन्दा अघि पनि धेरैपल्ट सडक मरमति गरिदिने माग गर्दै स्थानीय मानिसहरूले प्रशासनसमक्ष गुहार लगाए तापनि कुनै पहल गरेको छैन। यसैले आज बाध्य भएर गाउँलेहरूले सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर सडक मरमति गरिदिने आश्वासन दिएपछि गाउँलेहरूले पथ अवरोध हटाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *