सडक मरमतिको मागमा पथ अवरोध गरेर विरोध प्रदर्शन

राजगञ्ज : सडक मरमतिको माग गर्दै गठमाबारीका मानिसहरूले आज राजगञ्ज ब्लकको फुलबारी-घोषपुकुर बाइपासको सडक अवरोध गरेर विरोध प्रदर्शन गरे। धेरै दिन अघिदेखि उक्त सडक खराब भएकोले इलाकाभरि धुलो उड्ने हुनाले स्थानीय मानिसहरूले विविध समस्या भोग्न परिरहेको छ। यसबारे बारम्बार सम्बन्धित विभागलाई अवगत गराए तापनि कुनै पहल नगरेकोले गर्दा आज गठमाबारीका मानिसहरूले सडक अवरोध गरेर विरोध प्रदर्शनी गरेको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै उक्त पथ अवरोध हटायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *