सडकमा रुख, बिजुलीको खाँबो ढलेपछि आवागमनमा असुविधा तथा बिजुली परिसेवा ठप्प 

राजगञ्ज: गत राति परेको पानीले गर्दा सडकमा रुख सहित बिजुलीको पोल ढलेपछि आवागमन तथा विद्युत परिसेवा ठप्प बन्न पुगेको छ। यसले गर्दा राजगञ्ज ब्लकको साहुडाङ्गी संलग्न छत्तरपारा निवासीहरू समस्यामा परेका छन्। प्राप्त जानकारी अनुसार गत राति लगभग 1 बजी वर्षा सहित हल्का हावा चलेपछि आमबारी-साहुडाङ्गी राजकीय मार्गमा रहेको एउटा रुख भाँचेर छत्तरपारा  इलाकामा ढल्नको साथै सडक किनारमा रहेको एउटा बिजुलीको खाँबो पनि भाँचेर ढल्दा उक्त इलाकामा रातिदेखि नै बिजुली परिसेवा ठप्प रहेको छ। यसको साथै स्थानीय मानिसहरूलाई उक्त सडक भएर आवागमन गर्न असुविधाको सामना गर्न परिरहेको छ। स्थानीय मानिसहरूले यसबारे स्थानीय प्रशासन तथा बिजुली विभागलाई जानकारी गराइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *