सड़कमा रूखका विरुवा रोपेर विरोध प्रदर्शनी

सोनापुर: यहाँको 31 नम्बर राष्ट्रीय राजमार्गको स्थिति खुबै खराब भएकोले गर्दा प्रायजसो यहाँ सड़क दुर्घटनाहरू भइरहने गर्दछ। उक्त सड़कको स्थिति खुबै दयनीय रहेकोले गर्दा आक्रोशित विधाननगर वेलफेयर सोसाइटीका सदस्यहरूले आज सड़कमा विरोध जनाउँदै रूखका विरूवाहरू रोपे।


यस अवसरमा विधाननगर बेलफेयर सोसाइटीका समाजसेवी बापन दासले बताए अनुसार यो सड़कको हालत हाल खुबै खराब बन्न पुगेकोले गर्दा नै प्रशासनको ध्यान आकर्षण गराउनको लागि यस प्रकारको पदक्षेप लिइएको हो। तिनले चाँड़ोभन्दा चाँड़ो यस सड़कको मरमति गरिदिने माग गरे। उक्त विरोध प्रदर्शनी अवधि समाजसेवी बापन दास, सुब्रतो सिन्हा, राजु दास मुख्य रूपले उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *