सड़कमा टमाटर फ्याँकेर कृषकहरूले गरे विरोध प्रदर्शन

अलिपुरद्वार : अलिपुरद्वारमा टमाटरको उचित मूल्य नपाएकोले गर्दा कृषकहरूले आज सड़कमा टमाटर फ्याँकेर विरोध प्रदर्शन गरे। अलिपुरद्वार जिल्लाको कामाख्यागुड़ीमा आज बिहान कृषकहरूले सडकमा टमाटर फ्याँकेर विरोध प्रदर्शन गरे। तिनीहरूको आरोप अनुसार फसलको उचित मूल्य पाएका छैनन्। यसैको विरोध जनाउँदै आज धेरै संख्यामा कृषकहरू भेला भएर विरोध प्रदर्शन गरे। धेरै रुपियाँ खर्च गर्नको साथै मेहनत गरेर टमाटरको खेती गरे तापनि बजारमा यसको उचित मूल्य नपाएको प्रदर्शनकारीहरूले बताए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उचित आश्वासन दिएपछि उक्त प्रदर्शन हटाइयो। कृषकहरूद्वारा गरिएको विरोध प्रदर्शनले केही घण्टाको लागि यातायात ठप्प बनेको थियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.