सडकमा टायर जलाएर प्रदर्शन गरिरहेको समय भाजपा-तृणमूल समर्थकहरू माझ कुटपिट, दुईजना भाजपा कार्यकर्ता हिरासतमा

सिलगढी: राज्यको विभिन्न ठाउँको मोठ 108 वटा नगरपालिकामा हिज 27 फरवरीको दिन सम्पन्न चुनाउमा सत्तारूढ पार्टी तृणमूल कङ्ग्रेसले कथित धाँधली साथै हिंसा फैलाएको आरोप लगाउँदै भाजपाले आज पश्चिम बंगालमा 12 घण्टा बन्दको आह्वान गरेको छ।  यसैले बन्दलाई सफल पार्नको लागि आज बिहानैदेखि सिलगढीमा भाजपा कार्यकर्ताहरू सड़कमा ओर्लिएर लगातार प्रदर्शन गरिरहेका छन्। जति-जति दिन ढल्दै जाँदैछ, त्यती नै बन्दलाई लिएर राजनीतिक पारा पनि बढ्दै गइरहेको छ। आज अपरान्ह सिलगढी 43 नम्बर वार्डको शहीद नगर संलग्न एनएच 31 नम्बर राष्ट्रीय राजमार्गमा भाजपा कार्यकर्ताहरूले बन्दको समर्थनमा प्रदर्शन शुरू गर्नको साथै तिनीहरूले बन्दलाई सफल बनाउनको लागि राष्ट्रीय राजमार्गमा टायर जलाएर घण्टौसम्म प्रदर्शन गरिरहे। धेरै समयसम्म पनि लगातार प्रदर्शन जारी रहेपछि राष्ट्रीय राजमार्ग बन्द रहेपछि सड़कमा वाहनहरूको लामो लस्कर लागेको देखियो। उक्त घटनाको खबर पाउऩ साथ भक्ति नगर थानाको पुलिस घटनास्थलमा पुगेर स्थितिलाई साम्य पार्ने प्रयास गऱ्यो। अर्कोतिर, उक्त घटनाको खबर पाएर तृणमूल कङ्गेरेसका केही नेताहरू पनि घटनास्थळमा आइपुगे। यस अवधि भाजपाको उक्त  प्रदर्शनलाई लिएर दुवै पार्टीका कार्यकर्ताहरू बीच निक्कै झड़प भयो। भाजपाको यस प्रदर्शन अवधि भाजपा र तृणमूलका कार्यकर्ताहरू माझमा कुटपिट समेत भएको बताइएको छ। उक्त घटनापछि केही समयसम्म घटनास्थलमा तनाउको माहौल देखा परे तापनि पुलिसले स्थितिलाई सम्हाल्दै भाजपाका दुई जना कार्यकर्तालाई हिरासतमा लिएको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *