सड़क निर्माण कार्यको शिलान्यास

कालियागञ्ज : उत्तर दिनाजपुर जिल्ला अन्तर्गत पर्ने कालियागञ्जको रायगञ्ज-बालुरघाट 10 ए राष्ट्रिय राजमार्गलाई विस्तार गर्ने साथै यसलाई डबललेन बनाउने कार्य शुरू भएको छ। आज कालियागञ्ज नगरपालिकाको तर्फबाट उक्त सड़क निर्माणको नगर प्रधान कार्तिक पालले शिलान्यास गरे। शहरको 17 नम्बर वार्डको प्रणवानन्द स्कुलअघि उक्त शिलान्यास कार्यक्रमको आयोजना गरियो। यस अवसरमा जिल्ला परिषद्का मेन्टर असीम घोष, नगर फाइनेन्स अफिसर छोट्टु अग्रवाल, कालियागञ्ज व्यवसायी समितिका महासचिव सुनील साहा, स्वपन सरकार, सुरश साराफलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *