सड़क निर्माण कार्यको विधायक खगेश्वर रायले गरे शिलान्यास

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले आज पथ श्री परियोजनाको माध्यमद्वारा सड़क निर्माणको शिलान्यास गरे। तिनले आज राजगञ्ज ब्लकमा पानकौरी ग्राम पञ्चायतको बाघडुग्रा इलाकाको आमाति मोड़देखि लगभग एक किलो मीटरसम्मको पक्का सड़कको शिलान्यास गरे। यस सम्बन्धमा विधायक खगेश्वर रायले बताएअनुसार हिजो मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त पथश्रीपरियोजनाको शुभारम्भ गरेकी थिइन्। पथ श्री परियोजनाको माध्यमद्वारा  उक्त सड़कको निर्माण 18 लाख रुपियाँको लागतमा गरिने साथै आज आफूद्वारा यसको शिलान्यास गरिएको तिनले बताए। यस अवसरमा राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष पूर्णिमा राय, राजगञ्ज बीडीओ एनसी शेर्पा, पानकौरीका प्रधान आलोक राय लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *