सडक निर्माण कार्यको शिलान्यास

रिम्बिक: रिम्बिक लोधोमा समष्टिमा जीटीएको पहलमा धेरैवटा गाउँसम्म पुग्ने सडक निर्माण कार्यहरूको लागि शिलान्यास कार्यहरू भइरहेको छ। यसै क्रममा आज समष्टि सभापति नोर्देन शेर्पाको प्रमुख उपस्थितिमा यहाँको बाँसबोटे स्थित किराँत मन्दिरबाट बाँसबोटे बजार जोडिने लगभग 18 सय मिटर लामो सडकको शिलान्यास गरियो। यस अवसरमा गोर्खा जन मुक्ति मोर्चा विनय अनित खेमाको रिम्बिक-लोधोमा समष्टि सभापति नोर्देन शेर्पा वाहेक लोवर बाँसबोटे प्रशाखा सभापति नन्द प्रकाश लक्सम, सचिव हेम कुमार लिम्बु, समष्टि सदस्य जहाजमान काम्बाङ्ग सहित समष्टिका प्रतिनिधिहरू उपस्थित थिए। लगभग 2 करोड चौबीस लाखको लागतमा उक्त सडकको निर्माण गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *