सड़क निमार्ण कार्यको जीटीए चेयरम्यान अनित थापाले गरे शिलान्यास

तकदाह: कुनै पनि क्षेत्रको प्रमुख विकास भनेको शिक्षा केन्द्र, यातायातको सुविधा, स्वास्थ्य केन्द्र, बिद्युत सम्पर्क आदि हुन् भन्ने बिषयलाई ध्यानमा राखेर हाल जीटीएले आफ्नो क्षेत्रमा विविध विकाश कार्यहरू सम्पन्न गरिरहेको देखिन्छ। आज दार्जिलिङ जिल्लाको सात माईल तकदाहदेखि ग्लेनवर्न फाटकसम्म जाने दार्जिलिङ हाइवे डिभिजन अन्तर्गत 9.20 किलोमिटर लामो पक्का सड़कको पुनःनिमार्ण कार्यको जीटीए चेयरम्यान अनित थापाले शिलान्यास गरे। आजको यस शिलान्यास कार्यक्रममा प्रिन्सिपल सेक्रेटेरी सुरेन्द्र गुप्ता, गोजमुमो अध्यक्ष बिनय तामाङ, बिधायक डा० रोहित शर्मा, साथै पीडब्लुडी इन्जिनियर मुजताराव हुसैन आदि प्रमुख रूपमा उपस्थित थिए। यस बाटो निर्माण कार्यको शिलान्यासले क्षेत्रवासीमा हर्षको लहर छाएको छ भने सम्पूर्ण जनसाधरणको पक्षबाट जीटीए अध्यक्षप्रति धन्यवाद प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *