सडक निर्माण कार्यमा राजनैतिक भेदभाव गरेको गोरामुमो सोनादा टाउन कमिटीको आरोप

सोनादा: गोरामुमो सोनादा टाउन कमिटीले सोनादा पेट्रोल पम्पदेखि लोवर रातोमाटेसम्म पुग्ने सडक निर्माण गर्दा राजनैतिक भेदभाव गरेको आरोप लगाएको छ। सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीले बताए अनुसार 2013 मा पास भएपछि केईडी विभागबाट निर्माण गरिएको सडक मार्ग सोनादा पेट्रोल पम्पदेखि लोवर रातोमाटे स्थानीय निवासी बिजय राईको बासस्थानसम्म निर्माण गरिएको छ तर उक्त क्षेत्रमा गोजमुमो समर्थक रहेकोसम्म मात्र कार्पेटिङ गरिएको छ। बिजय राईको घरसम्म पुग्ने सडक अतिनै चिन्ताजनक अवस्थामा छ भने सडक नबनिएको कारण भल बगेर बिजय राईको घरमा पसेर धेरै समस्याहरु भोग्नु परिरहेको छ।


बिजय राई गोरामुमो समर्थक भएको कारण अहिलेसम्म उक्त सडक मार्ग बनिएको छैन र गोजमुमो समर्थकहरु रहेको सम्म कार्पेटिङ गरिएका छन् बिजय राईको वासस्थानसम्म पुग्ने सडक मार्ग खोला जस्तो छ भनी रुस्तम छेत्रीले बताएका छन्। तिनले अझ भने, हामी अब सम्बन्धित विभागमा जानेछौ साथै अधुरो रहेको सडक मार्गलाई पूरा गरिदिने अपिल गर्नोछौ। यसरी गोजमुमोले राजनैतिक भेदभाव गरेर मानवताको हनन गरेको छ। राजनीति आफ्नो ठाउँमा छ, बिकास आफ्नो ठाउँमा छ तर सोनादामा धेरै यस्तो किसिमको राजनैतिक भेदभाव गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *