सडक निर्माणको मागमा गाउँलेहरूद्वारा पथ अवरोध

सिलगढी : फुलबारी अन्तर्गत पर्ने गठमाबारी इलाकामा लकडाउनको कारण केही महिनादेखि सडक निर्माणको कार्य बन्द रहेको छ। उक्त सडकमा हाल धेरै धुलो उड्ने गर्दछ। उक्त सडक भएर वाहनहरू आवातजावत गर्दा निक्कै धुलो उड्ने हुनाले गाउँलेहरू समस्यामा परेका छन्। यसको साथै धुलो उडेकोले गर्दा गाउँलेहरू लगायत उक्त सडक भएर आवतजावत गर्ने मानिसहरूलाई श्वासको समस्या भएको बताइएको छ। यसबारे प्रशासनलाई अवगत गराए तापनि कुनै कदम नउठाएकोले अन्ततः आज बाध्य भएर गाउँलेहरूले पथ अवरोध गरेर विरोध प्रदर्शनी गरे। गाउँलेहरूले आज लगभग एक घण्टा राष्ट्रिय राजमार्ग अवरोध गर्दा केही समयको लागि वाहनहरूको चलाचल ठप्प भएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइयो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *