सडक निर्माणमा धाँधली भएको गोरामुमो जनचेतना संघर्ष समितिको आरोप

दार्जिलिङ:  प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत दार्जिलिङ जिल्लाको सुकिया मानेभञ्ज्याङदेखि रिम्बिक हुँदै बैशाखेसम्मको सडक निर्माणमा व्यापक धाँधली भएको गोरामुमो जनचेतना संघर्ष समितिले आरोप लगाएको छ। गोरामुमो जनचेतना संघर्ष समितिले केन्द्र सरकार अनि दार्जिलिङका सांसद राजु बिष्टलाई पनि यसबारे सम्पूर्ण जानकारी दिइने छ भनी अध्यक्षा मन्जिला तामाङले जनाएकी छन् । तिनले यसबारे सम्बन्धित बिभागहरुले चाँडोभन्दा चाँडो छानबिन गर्ने अपिल गरेका छन्। प्राप्त जानकारी अनुसार 23.33 किलोमीटर दुरीको सडक अनुमानित राशी 19 करोड 74 लाख 81 हजारको लागतमा बनिए तापनि उक्त सड़क सही ढङ्गले निर्माण नभएको आरोप रहेको छ। स्थानीय जनताले यसबारे जनगुनासो पोखेपछि नै गोरामुमो जनचेतना संघर्ष समितिले जनताको अपिलमा प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत बनिएको सुकिया मानेभञ्ज्याङदेखि रिम्बिक हुँदै बैशाखेसम्मको सडकको निरीक्षण गरेको जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *