सडक निर्माणमा निम्न स्तरको सामग्री प्रयोग गरेको स्थानीयहरूको आरोप

सिलगढी :  सडक निर्माण कार्यमा बलुवा-ढुङ्गासँगै निम्न स्तरको सिमेन्ट प्रयोग गरेको सिलगढी नगरनिगमका वार्ड नम्बर 21-का मानिसहरूले आरोप लगाएका छन्। आज बिहान 21 नम्बर वार्डको रवीन्द्रनगर इलाकामा सडक निर्माणको कार्य चलिरहेको थियो। यस समय उक्त वार्डका मानिसहरू स्थानीय काउन्सिलरकहाँ गएर सडक निर्माणमा निम्न स्तरको सामाग्रीहरू प्रयोग गरिरहेकोबारे अवगत गराए। खबर पाएपछि तृणमूल वार्ड युवा कांग्रेस सभापति दीपङ्कर सरकार एवम् काउन्सिलर स्वामी तपन दत्त घटनास्थलमा पुगेर सडक निर्माणको कार्य बन्द गरिदिए। स्थानीयहरूको अभियोगपछि उक्त सडकको निर्माण कार्य नयाँ प्रकारले गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *