सड़क सुरक्षा सप्ताह अन्तर्गत रक्तदान शिविर

सिलगढी : पानीट्याङ्की ट्राफिक गार्ड पुलिस र सिलगढी भोलिन्टियर ब्लड डोनर युनिटको संयुक्त आयोजनामा ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत रक्तदान शिविरको आयोजना गरियो। सड़क सुरक्षा सप्ताह अन्तर्गत आज सिलगढीको एयरभ्यु मोड़स्थित एउटा निजी भवनमा रक्तदान शिविरको आयोजना गरियो। यस शिविरमा ट्राफिक पुलिसका अधिकारी र सिभिक भोलिन्टिरहरूलगायत साधारण मानिसहरूले रक्तदान गरे। यसको साथै विद्यार्थीहरूलाई साथमा लिएर साधारण मानिसहरूलाई ट्राफिक नियमबारे जागरूकता फैलाउने उद्देश्य लिएर एयरभ्यु मोड़बाट एउटा र्‍याली पनि निकालिइयो। शिविरमा संग्रह गरिएको रगत सरकारी ब्लड ब्याङ्कमा पठाइनेछ। आजको कार्यक्रममा सिलगढी मेट्रोपलिटन हेडक्वार्टर डीसीपी अमिताभ माइती, ट्राफिक डीसीपी डम्बर सिंह सोनार, पुलिसका उच्च अधिकारीहरूलगायत विद्यार्थीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *