सड़क सुरक्षा सप्ताह अन्तर्गत नेत्र जाँच शिविर

अलिपुरद्वार : 31औँ राष्ट्रिय सड़क सुरक्षा सप्ताह अन्तर्गत अलिपुरद्वार जिल्लाको फालाकाटा थानाको तर्फबाट चारमाथा मोड़मा निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। चारमाथा मोड़ भएर आवत्-जावत् गर्ने मानिसहरूले पनि उक्त शिविरमा आफ्नो आँखाको जाँच गराए। अलिपुरद्वार जिल्ला पुलिस प्रशासनले साधारण मानिसहरूसितको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य लिएर वर्षैभरि यसप्रकारको जनसेवामूलक विभिन्न कार्यक्रमहरू पालन गर्ने निर्णय लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *