सड़क सुरक्षा सप्ताह अन्तर्गत चालकहरूलाई हेलमेट वितरण

अलिपुरद्वार : अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा जिल्लाको विभिन्न इलाकामा सड़क सुरक्षा सप्ताह मनाइरहेको छ। यसै क्रममा आज जयगाउँ थानाको तर्फबाट दलसिंहपाड़ा इलाकामा एउटा शोभायात्राको आयोजना गरियो। यस शोभायात्रामा सामेल दलसिंहपाड़ा श्री गणेश विद्यालयका विद्यार्थीहरू, जयगाउँ ट्राफिक ओसी तथा सिभिक भोलिन्टियरहरूले ट्राफिक जागरुकता फैलायो। अर्कोतिर, हाँसीमारा ट्राफिक पुलिसले हेलमेटविहीन बाइक चलाउने चालकहरूलाई हेलमेट प्रदान गरेर ट्राफिक नियमहरू पालन गर्ने आग्रह गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *