सडक तथा नारी सुरक्षाबारे सालुगढामा सेमिनार

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको भक्तिनगर ट्राफिक गार्डको तर्फबाट आज सालुगढास्थित एउटा होटलमा सड़क सुरक्षा लगायत नारी सुरक्षाबारे एउटा सेमिनारको आयोजना गरियो। उक्त सेमिनारमा पुलिस अधिकारीहरू लगायत मल तथा विभन्न प्रतिष्ठानहरूमा कार्यरत महिलाहरू, बस, टोटो, सिटी अटोका  चालकहरू उपस्थित थिए। उक्त सेमिनारमा उपस्थित महिलाहरूले पब्लिक ट्रान्सपोर्टमा यात्रा गर्दाको समय हुने विविध समस्याहरूबारे पुलिस अधिकारीहरूसमक्ष उजागार गरे। यसपछि  पुलिसले एउटा हेल्पलाइन नम्बर जारी गरेर महिलाहरूलाई निर्धक्कसँग यात्रा गर्ने सल्लाह दिए। उक्त नम्बरको माध्यमद्वारा महिलाहरूले परिचय गोप्य राखेर आफ्नो समस्याहरूबारे अभियोग दर्ता गर्न सक्नेछन् भने त्यसैको आधारमा पुलिसले त्वरित कार्वाही गर्ने आश्वासन दिएको छ। यसको साथै ट्राफिक पुलिसले महिलाहरूको सुरक्षाको लागि केही टिप्स पनि दिए। उदाहरण स्वरूप रातिको समय यदि कुनै पनि महिला वाहनमा सवार भएर यात्रा गर्न परेको स्थितिमा उक्त वाहनको नम्बर परिवारलाई जानकारी गराउन आवश्यक छ। आफ्नो लोकेशन व्हाट्सएपको माध्यमद्वारा परिवारका सदस्यहरूलाई पठाउनुपर्ने छ। कुनै प्रकारको सन्देह भएको खण्डमा पुलिसद्वारा जारी गरिएको हेल्पलाइन नम्बरमा सम्पर्क गर्ने साथै रातिको समय भीड़ भाड़ भएको वाहनहरूमा यात्रा नगरेकै राम्रो हो भन्ने पुलिसले सबै महिलाहरूलाई सल्लाह दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *