सडेको-गलेको अवस्थामा मृतदेह उद्धार

कुमारगञ्ज : कुमारग्राम ब्लकको भल्का-बारबिसा 2 नम्बर ग्राम पञ्चायतको चडाईमहल इलाकामा एकजना व्यक्तिको सडेको-गलेको अवस्थामा मृतदेह उद्धार भएको छ। मृतक व्यक्ति असमको कामरूप जिल्ला अन्तर्गत पर्ने तेलीपाडा निवासी 50 वर्षीय अब्राहम टुडुको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले हिजो बुधबार चडाईमहल इलाकामा सडक किनारको बाँसको झ्याङ्गमा सडेको-गलेको अवस्थामा उक्त मृतदेह देखेको बताइएको छ। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि कुमारग्राम थानाको बारबिसा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। कसैले उक्त व्यक्तिको हत्या गरेपछि बाँस झ्याङ्गमा फ्याँकेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *