साधरण कार्यक्रमबीच रेलिङ बिहिबारेमा सार्वजनिक भवनको उद्घाटन

बिजनबारी: साधरण एउटा कार्यक्रमबीच आज बिजनबारीको रेलिङ बिहीबारे सार्वजनिक भवनको जमिन दाता दुर्गाप्रसाद शर्माको बाहुलीबाट रिबिन काटेर उद्घाटन गरियो। कोभिड 19-को महामारी तथा सरकारद्वारा जारी लकडाउनलाई पालन गर्दै सञ्चालित कार्यक्रममा गोजमुमो उपाध्यक्ष सतिश पोख्रेल प्रमुख आतिथिका रूपमा उपस्थित थिए। विगत 2013 सालमा जीटीए कोष मार्फत निर्माण कार्य शुरु गरिएको रेलिङ ,बिहीबारेमा अवस्थित सार्वजनिक भवनले स्थानीय मानिसहरुलाई सामाजिक कार्य गर्नको लागि ठुलो टेवा पुग्ने बताइएको छ। कार्यक्रममा गोजमुमो उपाध्यक्ष सतिश पोखरेलवाहेक जीमनदाता डीपी शर्मा, रेलिङ बिहिबारे गाउँ बिकास समाजका सभापति डीबी गुरुङ, जयन्त सुब्बा, डा. कमल पोख्रेल लगायत समाजका सदस्यहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *