साधारण मानिसहरूको खाता भाडामा लिएर ठगी, जालसाजी समूहको प्रमुख नाइके सईदुल पक्राउ

फाँसीदेवा, 11 मार्च (निसं): फाँसीदेवाको जालसाजी समूहको प्रमुख नाइके सईदुललाई पक्राउ गरेर रिमाण्डमा लिएपछि विभिन्न सनसनी तथ्यहरू प्रकाशमा आएको छ। दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाशले पत्रकार सम्मेलन मार्फत यो जानकारी दिएका हुन्। जालसाजी गिरोहको प्रमुख सईदुलले साधारण मानिसहरूको खाता भाडामा लिएर ठगीको जाल फैलाउँथ्यो। लगभग 9 महिना पछि उनलाई पक्राउ गरेर रिमाण्डमा लिएपछि पुलिसले धेरै महत्त्वपूर्ण जानकारी प्राप्त गरेको छ।
सम्पूर्ण घटनाबारे दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाशले फाँसीदेवा थानामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन्। उनले भने, सईदुलले साधारण मानिसहरूको कागज पत्रहरू प्रयोग गरेर झूटो सिम कार्ड बनाउँथ्यो र खाता भाडामा लिन्थे। भाडामा लिइएका खाताहरूको माध्यमबाट लगभग 100 करोड रुपियाँको ठगी गरिएको छ। यस ठगी समूहको जाँच गर्न अतिरिक्त पुलिस अधीक्षक र एसडीपीओ-को नेतृत्वमा 5 सदस्यीय एसआईटी गठन गरिएको छ।
यस घटनामा सम्बन्धित देशभरि 340 वटा अनलाइन ठगीका घटनाहरू दर्ता भएका छन्। सईदुल फाँसीदेवाबाट गुजरात, मुम्बई र दिल्लीका ठगी समुहसित जोडिएका थिए। उसको ठगीको धन्दा केवल देशभरि मात्र नभएर दुबई, अष्ट्रेलिया र न्युजील्याण्डसम्म फैलिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *