सफाई कर्मचारीहरूले निकाल्यो सिलगढीमा शान्तिपूर्ण र्‍याली

सिलगढी सफाई कर्मचारीहरूले आज एउटा शान्तिपूर्ण र्‍यालीको आयोजना गर्यो। महाऋषि बाल्मिकी सेवा संघ र अखिल भारतीय सफाई मजदुर कङ्ग्रेसको तर्फबाट आज सिलगढीको बाघाजतीन पार्कबाट र्‍याली निकालेर नगरनिगम हुँदै महकुमाशासक कार्यालयमा पुगेर समापन गर्यो। आज 14 सूत्रीय मागलाई लिएर तिनीहरूले प्रशासक अशोक भट्टाचार्य तथा महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। संगठनका मनोज कुमार राउतले तिनीहरूको 14 सूत्रीय मागलाई प्रशासक अशोक भट्टाचार्यले सहमत जनाएको बताए। तथापि, तिनीहरूको माग पुरा नभए संगठनले कुनै प्रकारको हिंसात्मक आन्दोलन नगर्ने साथै सहरवासीको हितमा सबै कुरा चर्चा गरेर आन्दोलनको रूपरेखा तयार पार्ने तिनले बताए। स्मरण रहोस्, स्थायीकरण, वेतन वृद्धि लगायत विविध मागलाई लिएर उत्तरबंग सफाई कर्मचारी समितिले काम बन्द राखेर केही दिनसम्म लगातार आन्दोलन गरिरहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *