सफाई कर्मचारीहरूले काम बन्द गरेपछि झाड़ु लिएर सड़कमा ओर्ले व्यवसायीहरू

सिलगढी : सिलगढीको सफाई कर्मचारीहरूले सहरको सफाई कार्य बन्द राखेकोले गर्दा सहरवासीहरू समस्यामा परेका छन्। उत्तरबंग सफाई कर्मचारी समितिले विविध मागलाई लिएर धेरै समय अघिदेखि विरोध प्रदर्शन गरिरहेको छ। सिलगढीको सेठ श्रीलाल मार्केटलाई सफा राख्ने उद्देश्य लिएर सेठ श्रीलाल मार्केट व्यवसायी समितिका सदस्यहरू हातमा झाड़ु लिएर सड़कमा ओर्लिएका छन्।


सेठ श्रीलाल मार्केट व्यवसायी समितिका खोकन भट्टाचार्यले जबसम्म सफाई कर्मचारीहरू आफ्नो काममा फर्केर आउँदैनन् तबसम्म सड़कमा फोहोर मैला नफ्याँकेर एउटा प्याकेटमा राख्ने व्यवसायीहरूलाई अनुरोध गरेका छन्। यसको साथै आफ्नो दोकान अघिको सडक सफा राख्ने सबैसित तिनले अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *