सफाई कर्मीहरूलाई खाद्य सामग्री वितरण

सिलगढी : सिलगढी नगरनिगमको 22 नम्बर वार्ड-का को-अर्डिनेटर रिङ्की दासको तर्फबाट आज सफाई कर्मीहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। हाल कोभिड 19-को महामारीबीच दिनहुँ सफाई कर्मीहरूले निष्ठापूर्वक आफ्नो कार्य गरिरहेका छन्। यसैले वार्ड कमिटीको तर्फबाट ती सफाई कर्मीहरूलाई धन्यवाद दिनको साथै खाद्य सामग्रीहरू पनि वितरण गरियो। आज लगभग 40 जना सफाई कर्मीहरूलाई चामल, दाल, तेल, आटा, बिस्कुट, सोयाबीन, सब्जी लगायत विभिन्न सामग्रीहरू वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *