सेफ ड्राइभ सेभ लाइफ-बारे विद्यार्थीहरूद्वारा जागरुकता

सिलगढी : सेफ ड्राइभ सेभ लाइफ-बारे साधरणत मानिसहरूलाई जागरुकता फैलाउने उद्देश्य लिएर विद्यार्थीहरू आज सिलगढ़ीको सडकमा ओर्लिए। सिलगढीको जङ्क्शन ट्राफिक पुलिसको आयोजनामा आज विद्यार्थीहरूले यहाँको मल्लागुड़ीबाट एउटा ऱ्याली निकालेर हिलकार्ड रोड हुँदै एयरभ्यु मोड़ पुगेर यसको समापन भयो। यसको साथै आज एयरभ्यु मोड़मा एउटा रक्तदान शिविरको पनि आयोजना गरियो। स्मरण रहोस्, सिलगढी पुलिस कमिश्नरेट अधिनस्थ सबै इलाकाहरूमा हाल ट्राफिक सप्ताह पालन गरिरहेको छ। उक्त ट्राफिक सप्ताह आगामी 17 जनवरीसम्म लगातार विविध कार्यक्रमको साथमा चल्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *