सेफ होमको लागि शिक्षक-शिक्षिकाद्वारा आर्थिक सहयोग

सिलगढी :  सेफ होम तयारी गर्नको लागि सिलगढी बरोदाकान्त विद्यापीठ प्राथमिक विभागका शिक्षक-शिक्षिकाहरूले सहयोगको हात बढाएको छ। सूर्यनगर समाज कल्याण संस्थाको पहलमा सेफ होम तयारी गरेकोमा तिनीहरूले प्रशंसा गर्दै आफ्नो मासिक वेतनबाट केही आर्थिक सहयोग प्रदान गरे। विद्यालयका प्रधान शिक्षक अमिताभ मित्रले बताएअनुसार उक्त संस्थाले धेरै दिन अघिदेखि समाजमूलक कार्यहरू गर्दै आइरहेको छ। हाल कोरोना महामारीको समयमा उक्त संस्थाका प्रत्येक सदस्यहरूले विपन्न परिवारहरूको सहयोग गर्दै आइरहेकोमा तिनले प्रशंसा गरे। सिलगढी बरोदाकान्त विद्यापीठ प्राथमिक विभागका शिक्षक-शिक्षिकाहरूले केही आर्थिक सहयोग गरेको साथै भविष्यमा पनि सहयोगको प्रयास गर्ने तिनले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.