सेफ हाउस बनाउने विषयलाई लिएर मानिसहरूलाई दिकभ्रमित गरिरहेको मन्त्री देवको आरोप

सिलगढी : सिलगढी इन्डोर स्टेडियममा सेफ हाउस बनाउने विषयलाई लिएर मानिसहरूलाई दिकभ्रमित गरिरहेको राज्यका पर्यटन मन्त्री गौतम देव र जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकारले आरोप लगाएका छन्। हिजो सिलगढीको इन्डोर स्टेडियम अघि केही स्थानीय मानिसहरूले प्रशासनिक अधिकारीहरूलाई घेराउ गरेर विरोध प्रदर्शनी गर्दै स्टेडियममा सेफ हाउस बनाउन नदिने दावी गरेका थिए। यस अवधि माकपाका केही नेता तथा कार्यकर्ताहरू पनि उपस्थित थिए। यसैले मानिसहरूले यसको विरोध जनाउँदै प्रदर्शनी पनि गरेको बताइएको छ। सेफ हाउस बनाउने विषय लिएर मानिसहरूलाई दिकभ्रमित गरिरहेको आज मन्त्री गौतम देवले आरोप लगाए। यसैगरी, जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकारले बताएअनुसार केही नगरनिगमका कर्मचारीहरूले आफ्नो ड्युटी नगरेर पार्टीको कार्यसूचीमा अंश ग्रहण गरिरहेका छन्। यसबारे नगरनिगमको कमिश्नरलाई जानकारी दिएको पनि तिनले बताए। सेफ हाउस के हो अनि यसको निर्माण गर्नुको उद्देश्य के रहेको छ भन्नेबारे मानिसहरूले बुझ्नु पर्ने नगरनिगम प्रशासक मण्डलीका सदस्य शंकर घोषले बताए। यसको साथै जिल्ला प्रशासक र स्वास्थ्य प्रशासनलाई मानिसहरूले यसको लागि सहयोग गर्नुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.