साफ च्याम्पियनशीप 2023: उद्घाटन म्याचमैं भारतको भिडन्त पाकिस्तानसित

नयाँ दिल्ली: लगभग पाँच सालपछि भारत र पाकिस्तानको फुटबल टीम साफ च्याम्पियनशीप 2023-मा भिड़न्त हुने निश्चित भएको छ। दक्षिण एशियाई फुटबल महासंघ (साफ) कपको 14औं संस्करणको उद्घाटन म्याचमा आगामी 21 जूनको दिन भारत बनाम पाकिस्तानबीच भिड़न्त हुनेछ। बेंगलुरुमा 21 जूनदेखि 4 जुलाईसम्म हुने साफ च्याम्पियनशीप 2023 टुर्नामेन्टमा गत च्याम्पियन भारत र पाकिस्तानलाई एउटै ग्रुपमा राखिएको छ। भारत, पाकिस्तान, कुवेत र नेपाललाई ग्रुप ए-मा छ भने लेबनान, मालद्वीप, बङ्ग्लादेश र भूटानलाई ग्रुप बी-मा राखिएको छ। ग्रुप म्याचहरू राउण्ड रोबिन प्रारूपमा खेलिनेछ अनि प्रत्येक ग्रुपबाट शीर्ष दुईमा रहने टीमले सेमिफाइनलमा सोझै स्थान बनाउनेछ। आठवटा देशको यो टुर्नामेण्टलाई अधिक प्रतिस्पर्धात्मक बनाउन दक्षिण एशिया बाहिरका दुईवटा क्रमैले देश लेबनान र कुवेतलाई पनि प्रतियोगितामा आमन्त्रित गरिएको छ। लेबनान 99औं स्थानको साथमा यस टुर्नामेण्टमा हिस्सा लिने सर्वश्रेष्ठ ऱ्याङ्किंग भएको टीम हो भने पाकिस्तान 195औं स्थानको साथ सबैभन्दा खराब ऱ्याङ्किंग भएको टीम हो। यसैगरी, भारत 101औं स्थानको साथमा दोस्रो सर्वश्रेष्ठ ऱ्याङ्किंग भएको टीम हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *