सहरलाई स्वच्छ राख्न खरसाङ नगरपालिकाद्वारा सफाई कार्य जारी : सुवास प्रधान

खरसाङ: खरसाङ सहरलाई स्वच्छ राख्न खरसाङ नगरपालिकाले निरन्तर रूपमा सफाई कार्य गरिरहेको नगरपालिका उपाध्यक्ष सुवास प्रधानले जानकारी दिएका छन्। तिनले जनाएअनुसार राज्य सरकारलाई खरसाङ नगरपालिकाको अवस्था अनि यसको सुरक्षा र उन्नतिको निम्ति पत्राचारमार्फत् जानकारी गराइएको साथै नगरपालिका मन्त्रालय मार्फत सुडाबाट सलिड वेस्ट म्यानेजमेन्ट अनुरूप कार्य गराउन खरसाङ नगरपालिकद्वारा वार्डभित्र रहेको डस्टबिन एवम् गाउँ घरका मानिसहरूसित सम्पर्क गरेर घरको मैलाहरू कुहुने र नकुहुने छुट्याएर सही ठाउँमा राख्ने, उक्त मैलालाई उठाएर सटीक सदुपयोग गर्ने परियोजना रहेको बताए। यसको साथै घरको फोहोर-मैला तथा नचाहिने सामग्रीहरू झोडा-नालातिर नफ्याँकिदिने तिनले नगरवासीसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *