सहरमा डेङ्गुको प्रकोप बढे तापनि सिलगढी नगरनिगम पर्व, कार्निभल र पदयात्रामा व्यस्त रहेको वामपन्थीको आरोप

सिलगढी : सिलगढी सहरमा डेङ्गुको मामिला निक्कै बढ्दै गइरहे तापनि नगरनिगमको तर्फबाट हालसम्म यस दिशामा कुनै प्रभावी कदम उठाएको छैन। सिलगढी नगरनिगम केवल पर्व, कार्निभल र पदयात्रामा व्यस्त रहेको छ। वामपन्थी पार्षदहरूले वर्तमान नगरनिगमविरुद्ध यस प्रकारको आरोप लगाउँदै आज नगरनिगम कमिश्नरको दैलो खटखटाएका छन्। नगरनिगमको वामपन्थी पार्षदहरूको आरोप अनुसार डेङ्गुको मामिला दिन प्रतिदिन बढ्दै गइरहेको छ। यस मामिलामा नगरनिगमको वर्तमान बोर्डले कुनै कदम उठाएको छैन। यसको साथै नगरनिगम डेङ्गुबारे जन जागरूकता फैलाउन विफल भएको छ। यसैले आज आज नगर कमिश्नर सोनम वाङ्दी भुटियासित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। वामपन्थी पार्षद मुन्शी नूरुल इस्लामको आरोप अनुसार डेङ्गुबारे जुन-जुलाईदेखि नै सावधानी अप्नाउनुपर्ने थियो। तर यस्तो गर्नको बद्ली वर्तमान नगर बोर्ड पर्व, पदयात्रा, कार्निभलमा व्यस्त रहेको छ। यदि डेङ्गुबारे कुनै सटीक कदम नउठाए विकराल रूप धारण गर्न सक्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *