शहरमा पानीको समस्या: नगर निगमले वार्डहरूमा पानीको ट्याङकी पठाउने

शहरमा पानीको सेवा प्रभावित, समस्या समाधानको लागि नगर निगमले वार्डहरूमा पानीको ट्याङकी पठाउने
सिलगढी, 26 दिसम्बर (निसं): फूलबाडीस्थित जल शुद्धिकरण केन्द्रको एउटा युनिटको मरमति कार्य भइरहेको कारण बिहीबारदेखि सिलगढी शहरमा पेयजल सेवा प्रभावित भएको छ। नगर निगम अनुसार दिनमा एकपटक मात्र पानी आउनेछ। केही दिनदेखि मरमति कार्य भइरहेकोले गर्दा आगामी 30 दिसम्बरसम्म दिनमा एकपल्ट मात्रै पिउने पानी आउनेछ। यद्यपि, मेयर गौतम देवले भने, पिउने पानी संकटको कुनै व्यक्तिलाई पनि समस्या हुने छैन। विभिन्न वर्डहरूमा नियमित रूपमा पानीको ट्याङकी पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *