सहरमा पानीको समस्यालाई लिएर प्रशासक गौतम देवद्वारा माकपालाई कटाक्ष

सिलगढी : सिलगढी नगरनिगमको नगर पूर्वाधार कमिटीका सदस्यहरूसित प्रशासक गौतम देवले एउटा बैठक गरे। उक्त बैठकमा तिनले विविध विषयलाई लिएर कमिटीका सदस्यहरूसित चर्चा-परिचर्चा गरे। बैठकको अन्तमा तिनले भने, सिलगढी नगरनिगमले विविध विकासमूलक कार्यहरू गरिरहेको छ। सबै विकासमूलक कार्य समाप्त गरेर सिलगढी नगरनिगमलाई जिरो ब्यालेन्समा ल्याइनेछ भनी तिनले बताए। माकपाले सहरमा रहेको पिउने पानीको समस्यालाई ध्यान नदिएर उल्टै वर्तमान प्रशासकीय बोर्डलाई यसको जिम्मेवार ठहराइरहेको छ भने यसबारे अभियोग दर्ता गर्दा समेत कुनै पत्तो नदिएको तिनले बताए। यसै बीच तिनले सिलगढी नगरनिगमको विभिन्न वार्डहरूमा रहेको पिउने पानीको समस्या समाधान गरिदिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *