सहरवासीको लागि खोलियो जलपाईगढीको करला पुल

जलपाईगढी : धेरै समयको प्रतीक्षापछि जलपाईगढी करला पुल खोलिदिएको छ। हाल शहरवासीहरू पैदल तथा साइकलमा सवार भएर उक्त पुल भएर यातायात गरिरहेका थिए। यस हप्तादेखि उक्त पुल वाहनहरूको आवागमनको लागि खोलिदिनेको बताइएको छ। स्मरण रहोस्, पुरानो पुलको अवस्था सोचनीय रहेकोले गर्दा कुनै प्रकारको दुर्घटना नहोस् भन्ने उद्देश्य लिएर उत्तर बंगाल विकास विभागले एउटा नयाँ पुल बनाउने पहल गरेको छ। विभागले पुरानो पुल भत्काएर 6 महीनाको अवधिमा नयाँ पुल निर्माण गर्ने आश्वासन दिए तापनि लगभग तीन वर्ष बितिसक्दा पनि पुलको काम पुरा भएको छैन। स्थानीय मानिसहरूले यसलाई लिएर धेरैपल्ट आन्दोलन गरे तापनि कुनै पहल नगरेको बताइएको छ। स्थानीय मानिसले बताएअनुसार आफूहरू पैदल तथा साइकलमा सवार भएर उक्त पुल भएर आवातजावत गर्ने गरेको तर विधानसभा चुनाउको मिति घोषणा भएपछि विभागले उक्त पुलको उद्घाटन नगरी खोलिदिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *