सहायक फाउन्डेसनद्वारा सालुगढा छठ पुजा घाटमा माक्स र कम्बल वितरण

सिलगढी : सहायक फाउन्डेसनको तर्फबाट आज सालुगढा छठ पुजा घाटमा माक्स र कम्बल वितरण गरियो। प्राप्त जानकारीअनुसार सालुगढा छठ पुजा घाटमा आउने 100 जना भक्तहरूलाई कम्बल र 1 हजार माक्स वितरण गर्यो। फाउन्डेसनका सदस्य हिस्से भुटियाले बताएअनुसार लकडाउनको समयदेखि नै उक्त संस्थाले विभिन्न सामाजिक कार्यहरूले गर्दैआइरहेको छ। आज छठ घाटमा आउने सबै मानिसहरूले कोरोना भाइरसबारे सचेतना फैलाउनको साथै कम्बल अनि माक्स वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *