सहयोगको हात नामक संस्थाका सदस्यहरूद्वारा खरसाङ गड्डी लाइनको मैला-कुचैलाहरू सर-सफाई

खरसाङ : सहयोगको हात नाम गरेको संस्थाका प्रतिनिधिहरूले आज खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 11 को गड्डी लाइनमा रहेको मैलाका थुप्रोहरू सर-सफाई गरे। खरसाङ नगरपालिकाले आफ्नो तर्फबाट कार्य गरिरहेको तर मानिसहरूले नगरपालिकाले निर्माण गरेको डम्पिङ ग्राउण्डमा मैला कुँचैला नफ्याँकेर घर वरिपरि क्षेत्रहरूमा मैला फ्याँक्ने गरेकोले सहयोगी हात-ले उक्त मैलाहरू सर सफाई गरिएको बताइएको छ । खरसाङ नगरपालिकाको वार्ड नम्बर 11 मा रहेको गड्डी लाइन क्षेत्रमा रहेका मैलाहरूको सर सफाई कार्यमा सहयोगी हातका को-अर्डिनेटर दिपेन्द्र सेवा लगायत सदस्यहरू सन्नी तामाङ, राजीव लामा, प्रणय तामाङ, विधानचन्द्र ब्लोन, कल्याण तामाङ अनि सदस्याहरू अनु प्रधान, मिट्टु गुरूङ, पासाङ यल्मो, रुबिना थापा, लक्ष्मी गुप्ता लगायत अन्य सामेल थिए। संस्थाका को-अर्डिनेटर दिपेन्द्र सेवाले मानिसहरूलाई नगरपालिकाले निर्माण गरेको डम्पिङ ग्राउण्डमा नै मैला कुचैलाहरू फ्याँकिदिने सबैसित अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *