शहीद दिनेश गिरीको सालिग सिलगढ़ीमा स्थापना गरिने

सिलगढी : शहीद दिनेश गिरीको सालिग आगामी 26 जनवरीको दिन सिलगढी युनिक फाउन्डेशनको तर्फबाट स्थापना गरिने भएको छ। 2016-मा भएको उरी हमलामा सिलगढीका दिनेश गिरी शहीद भएका थिए। सिलगढीको ईस्कन मन्दिर संलग्न दुर्गानगरमा शहीद दिनेश गिरी चोकमा तिनको सालिग स्थापना गरिने भएको छ। दिनेश गिरी बीएसएफमा कार्यरत रहेकोले गर्दा तिनको सालिग निर्माणमा बीएसएफको तर्फबाट पनि सहयोग गरेको संस्थाका जयिता सेनगुप्तले बताइन्। सालिग स्थापनाको अवसरमा शहीद दिनेश गिरीकी स्वास्नी सरिता गिरी र परिवारका सदस्यहरू, बीएसएफ-का कमान्डेन्ड एवम् जवानहरूलगायत दिल्लीबाट मेरा देश मेरी जान नामक संस्थाका सचिव उपस्थित रहनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *