शहीद दिवस घर-घरमै मनाउने गोरामुमो मिरिक ब्राञ्च अध्यक्षको आहवान   

मिरिक : गोरामुमो मिरिक ब्राञ्चले आगामी 27 जुलाईको दिन शहीद दिवस घर-घरमै मनाउने समर्थकहरूलाई आह्वान गरेको छ। मिरिक ब्राञ्च गोरामुमो अध्यक्ष महेन्द्र खडकाले शनिबार ब्राञ्च कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै राज्य सरकारद्वारा जारी लकडाउनको सम्मान गर्दै आफूहरूले आगामी 27 जुलाईको दिन शहीद दिवस कार्यक्रम धुमधामको साथमा पालन नगरेर साधारण रूपमा घर-घरमै गर्ने निर्णय लिएको बताए। अर्कोतिर, गोरामुमो मिरिक समष्टिले पनि शनिबार शहीद दिवस साधारण प्रकारले मनाउने निर्णय लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *