सहिद दिवस कार्यक्रमलाई लिएर प्रस्तुती सभाको आयोजना

सिलगढी : आगामी 21 जुलाईको सहिद दिवसलाई केन्द्र गरेर पश्चिम बंगाल तृणमूल कङ्ग्रेस नमशूद्र र शरणार्थी सेलको तर्फबाट आज प्रस्तुति सभाको आयोजना गरियो। सिलगढी नगरनिगमको 22 नम्बर वार्ड रथखोला स्पोर्टिङ क्लब भवनमा आयोजना गरिएको प्रस्तुती सभामा तृणमूल कङ्ग्रेस नमशूद्र र शरणार्थी सेलका राज्य सभापति रञ्जित सरकार, राज्य तृणमूल कङ्ग्रेस नमशूद्र र शरणार्थी सेलका राज्य सचिव रञ्जन मजुमदार, डाबग्राम फुलबारी ब्लक सभापति सागर महन्त लगायत दलका अन्य कार्यकर्ताहरू उपस्थित थिए। यस विषयमा राज्य तृणमूल कङ्ग्रेस नमशूद्र र शरणार्थी सेलका राज्य सभापति रञ्जित सरकारले भने, आगामी 21 जुलाईमा आयोजना गरिने सहिद दिवस कार्यक्रमलाई सफल तुल्याउन आज प्रस्तुती सभाको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *