सहिद दिवसको नाममा तृणमूल-ले शक्ति प्रदर्शन गरिरहेको छ : शंकर मालाकार

सिलगढी : कङ्ग्रेसको तर्फबाट आज सहिद दिवस पालन गरियो। बाघडुग्रा अञ्चल कङ्ग्रेसले आज सहिद वेदीमा माल्यार्पण गरेर 13 जना सहिदलाई श्रद्धाञ्जलि  अर्पण गर्यो। यस अवसरमा दार्जिलिङ जिल्ला कङ्ग्रेस अध्यक्ष शंकर मालाकार, ब्लक अध्यक्ष अमिताभ सरकार लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।  शंकर मालाकारले भने, कङ्ग्रेसले वास्तवमा सहिद दिवस मनाइरहेको छ। तर सहिद दिवसको नाममा तृणमूलले सत्तोका प्रदर्शन गरिरहेको छ। सहिद दिवसको नाममा पिकनिक मनाइरहेको, मिठो-मिठो खानेकुरो खाइरहेको, डीजे बजाएर डान्स गरिरहेको छ। आजसम्म तृणमूलले सहिदको परिवारका सदस्यहरूलाई कुनै सहयोग गरेको छैन तर कङ्ग्रेस सदैव सहिदका परिवारहरूको साथमा रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *