सहिद दिवस पालनबारे भागोप्रमो लङ्भ्यु अम्बटे पंखाबारी समष्टिको सभा सम्पन्न

खरसाङ (निसं): खरसाङको लङभ्यू पंखाबरी अम्बटे समष्टिका सभा कुमार थापाको सभापतित्वमा केराबारी सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा आगामी 27 जुलाईमा सम्पन्न हुने शहीद दिवस कसरी मनाउन पर्ने विषयमा गहन चर्चा-परिचर्चा गरियो। सभामा पंखाबारी लङभ्यू अम्बटे समष्टि सभासद कल्पना प्रधान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति सदस्य सन्तोस लामा, खरसाङ महकुमा समिति सचिव प्रणाम रसाईली, प्रवक्ता अनुप रामुदामु, सदस्य मिलन रसाइली, सुरज लामा, अमृत छेत्री, गजेन प्रधान साथै समष्टी सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान, नारी शक्ति, युवा शक्तिका सदस्यहरूको विशेष उपस्थिति थियो। सभालाई सम्बोधन गर्ने क्रममा समष्टिका सभासद कल्पना प्रधानले गत चुनाउमा खटेर जिताएकोमा समष्टिका जनता साथै प्रतिनिधिहरूलाई धन्यवाद दिइन्। तिनले समष्टिमा शहीदका सात परिवारहरू रहेका छन्‌ र तिनीहरूलाई यसपल्ट लङभ्यू एकै ठाउँमा सहिद दिवस पालन गर्न बताइन्। यसको साथै समष्टिको देखरेखमा नै यसपाली सहिद दिवस कार्यक्रम गरिने तिनले विचार पोखिन्। सभालाई सम्बोधन गर्ने क्रममा महकुमा समिति सचिव प्रणाम रसाइलीले यसपालीको सहिद दिवस समष्टि कमिटीको तत्वावधानमा गरिने साथै यसमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई पनि समावेश गरेर दह्रिलो कमिटी बनाउने सुझाउ राखे। सभामा आगामी सहिद दिवस समारोह समितिका संयोजक मौसम लामालाई सर्वसहमतिद्वारा चयन गरिदिने साथै समष्टि सभासद, केन्द्रीय समिति र महकुमा समितिका सदस्यहरू प्रमुख सल्लाहकारको रूपमा चयन गरिदिने मत राखे। सभालाई सभापति कुमार थापाले छोटकारीमा सम्बोधन गर्दै सभा वर्खास्त गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *