सहिद दिवस समारोहमा अंश ग्रहण गर्न साइकलमा गइरहेका 10 जना युवकलाई  फुलबारीमा संवर्द्धना

राजगञ्ज : आगामी 21 जुलाईमा सम्पन्न हुने सहिद दिवस समारोहमा सामेल हुनको लागि कुचबिहारबाट 10 जना युवकहरू साइकलमा सवार भएर कोलकाता गइरहेका छन्। तृणमूल कङ्ग्रेसका छात्र तथा युवा कार्यकर्ताहरूले गत आइतबार कुचबिहारबाट आफ्नो यात्रा शुरू गरे भने हिजो साँझ तिनीहरू फुलबारी आइपुगे। यसपछि फुलबारीको पथेर साथीमा रात बिताएपछि आज बिहान तिनीहरू फेरि कोलकाताको लागि प्रस्थान गरे। यसभन्दा अघि आज 10 जना युवकहरूलाई फुलबारी महिला तृणमूल कङ्ग्रेसको तर्फबाट संवर्द्धना जनाइयो। यस सम्बन्धमा युवकहरूले भने, आफूहरू कुचबिहारबाट साइकल चलाएर एकता र सद्भावको सन्देशको साथमा कोलकाताको धर्मतलामा आगामी 21 जुलाईको दिन सम्पन्न हुने सहिद दिवस समारोहमा सामेल हुनको लागि कोलकाता गइरहेका छौँ। गत 10 जुलाईको दिन कुचबिहारबाट हामीले साइकल यात्रा शुरू गरेका थियौँ भने आगामी 19 जुलाईमा कोलकाता पुग्ने आफूहरूको लक्ष्य रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *