शहीद गङ्गा बाराको अन्तिम संस्कार

अलिपुरद्वार : बीएसएफ-का जवान शहीद गङ्गा बाराको आज तिनकै पैतृक स्थलमा सैनिक सम्मानको साथमा अन्तिम संस्कार गरियो। गत 13 जनवरीको दिन जम्मुको नौगाम सेक्टरमा हिउँको आँधीमा पुरिएर बीएसएफ 77औँ बटालियनका 7 जना जवानहरू पुरिएका थिए। तीमध्ये 6 जना जवानहरूलाई सकुशल उद्धार गरिए तापनि अलिपुरद्वार जिल्लाको मुजनाई चियाकमान निवासी कन्स्टेबल गङ्गा बाराको मृत्यु भएको थियो।


आज सैनिक सम्मानको साथमा तिनको पैतृक स्थल मुजनाई चियाकमानमा आफ्नै धार्मिक परम्पराअनुसार तिनको अन्तिम संस्कार गरियो। यस अन्तिम संस्कारमा विभिन्न संघ-संगठनका प्रतिनिधिगण, बीएसएफ-का केही शीर्ष अधिकारीहरूलगायत गाउँलेहरू धेरै संख्यामा उपस्थित थिए।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *