सहिद गोल्डकप फुटबल टुर्नामेन्ट 17 जनवरीदेखि सुरू

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घको आयोजनामा आगामी 17 जनवरीदेखि दशौं संस्करणको सहिद गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ। यस विषयमा आज खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घ भवनमा सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भयो। उक्त सभा खरसाङ क्षेत्रको तीनवटा फुटबल टीमसित सम्पन्न गरिएको छ। सभापछि पत्रकार सम्मेलन बोलाएर दशौं संस्करणको सहिद गोल्ड कप फुटबल टुर्नामेन्टको विषयमा सभापति मोहन योञ्जन र सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *